कांग्रेस रामेछापले संघमा लड्ने उम्मेद्वार टुङ्ग्योः यी हुन् दाबेदार (नामावलीसहित)

| भदौ १८, २०७९ शनिबार

A A A
A A A

१८ भदौ, रामेछाप । नेपाली कांग्रेस रामेछापले आसन्न निर्वाचनको लागि संघको उम्मेद्वार टुङ्ग्याएको छ । आज शनिबार बसेको पार्टीको जिल्ला कार्यसमिति बैठकले प्रत्यक्ष तर्फ पाँच र समानुपातिक तर्फ ९ जनाको नाम सिफारिस गरेको क्षत्रे नं २ का क्षेत्रिय सभापति राजेशकुमार श्रेष्ठले जानकारी दिए । कांग्रेसले जिल्लाबाट संघमा कूल १३ जनाको नाम सिफारिस गरेको हो ।


उनका अनुसार संघमा प्रत्यक्ष तर्फ एकबहादुर बस्नेत (बिष्णु), कुमार श्रेष्ठ, नारायण बहादुर बोगटी, पूर्णबहादुर तामाङ् ‘कान्छाराम’ र रामचन्द्र खड्का रहेका छन् । जसमा बस्नेत निवर्तामान सचिव र श्रेष्ठ कोषाध्यक्ष हुन् । 


त्यस्तै बोगटी बाहलवाल पार्टी प्रवक्ता हुन् । उनी गत निर्वाचनमा वडा अध्यक्षमा पराजित भएका थिए । 

 

त्यस्तै ‘कान्छाराम’ तामाङ् जिल्ला पार्टी सभापति हुन् भने खड्का जिल्लाका पूराना नेता एवं पूर्व पार्टी सभापति हुन् । 


त्यस्तै समानुपातिक तर्फ आङ्टावा शेर्पा, गेल्जे लामा शेर्पा, बिद्या सागर योञ्जन, मञ्जु पूर्वे, मुक्तबहादुर महते, डा.सुमन कर्माचार्य, सुरेन्द्र घिसिङ्, शुसिला मिस्रा र हिमाल दाश श्रेष्ठको नाम सिफारिस गरिएको छ । उनीहरु सबै पार्टीमा संक्रिय रहेका छन् ।