एमनेष्टी इन्टरनेशनल नेपाल रामेछापको अध्यक्षमा पुनः अप्रिल अधिकारी

| असोज १६, २०८० मंगलबार

अप्रिल अधिकारी ।
A A A
A A A

१६ असोज, रामेछाप । एमनेष्टी इन्टरनेशनल नेपाल समूह–१९ रामेछापको अध्यक्षमा पुनः अप्रिल अधिकारी दोहोरिएका छन् । 

 

 

आइतबार मन्थलीमा भएको समूहको १० औँ वार्षिक साधारण सभा तथा पाचौं अधिवेशनले संयोजक एवं यस अगाडिका अध्यक्ष अप्रिल अधिकारीलाई नै अध्यक्षमा सर्व सहमतिले जिम्मेवारीमा दोहोर्‍याएको हो । कार्यसमितिका पदाधिकारी भने हेरफेर भएका छन् । 

 

जसको सहसंयोजक कुमार श्रेष्ठ चयन भएका छन् । भने, सचिवमा जानुका श्रेष्ठ, कोषाध्यक्षमा रामहरि केसी, सहसचिवमा घना श्रेष्ठ चयन भएका छन् । 

 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा हुने विभिन्न भ्रष्ट्राचार,आपराधिक कार्यहरू, खबरदारी, स्थानीय तहको भ्रष्ट्राचारको लेखा जोखा सामाजिक कार्य, मानव अधिकारका विभिन्न क्षेत्रमा काम गर्ने यो समूहको कार्यसमिति सदस्यमा पुष्कल घिमिरे, विष्णु बहादुर थापा, युवराज श्रेष्ठ, निरज श्रेष्ठ (सुमित), गीता भुजेल र मिलन बिक (घिमिरे) बनेका छन् । 

 

 

जिल्ला न्यायाधीश इन्दिरा शर्माको प्रमुख आतिथ्यतामा भएको समूहको साधारण सभामा संस्थाको विभिन्न आर्थिक एवं संस्थागत प्रतिवेदन पास भएका छन् ।

 

कार्यक्रममा एमनेष्टी इन्टरनेशनलका पूर्व संयोजकद्वय  हिमाल ढुङ्गेल र सुमन कर्माचार्य,रामेछाप उद्योग वाणिज्य संघ मन्थली अध्यक्ष नवीन थापा मगर, तामाकोसी सेवा समितिका कार्यकारी निर्देशक गोविन्द घिमिरेले एमनेष्टीले विगतमा गरेका काम र कर्तव्य बारेमा जानकारी गराए ।