देउवा काँग्रेसले रामेछापमा तोक्यो ८ वटै पालिका संयोजक र ‘अधिवेशन परिचालन’ संयोजकहरू

| मंसिर ३, २०८३ बिहिबार

फाइल तस्बिर
A A A
A A A

०३ मंसिर, रामेछाप । आउँदो १४ गते सोमबार नियमित १५ औँ जिल्ला अधिवेशन गर्ने जानकारी गराएको नेपाली काँग्रेस संस्थापन इत्तर समूह रामेछापले महाधिवेशनलाई भव्य बनाउन नेताहरूलाई जिम्मेवारी तोकेको छ । ८ वटै पालिका संयोजकसहित ५ वटा समिति गठन गरेर अधिवेशन सम्पन्न गर्न लागि परेको काँग्रेस देउवा समूह रामेछापले जानकारी गराएको हो । 

 

 काँग्रेस इत्तर समूहले ‘अधिवेशन परिचालन’ संयोजकहरू ५ जना नेतालाई दिएको हो । अधिवेशनमा १४ सय प्रतिनिधि सहभागी हुने इत्तर पक्षको भनाई छ ।

 

बिहीबार पत्रकार सम्मेलन मार्फत इत्तर समूह रामेछापका जिल्ला संयोजक जितबहादुर मगरले प्रचारप्रसार समिति संयोजकमा राम कृष्ण खड्का, आर्थिक व्यवस्थापन संयोजकमा रमेश खड्कालाई संयोजक तोकिएको जानकारी दिए ।  

 

त्यस्तै, मञ्च तथा भोजन व्यवस्थापनको संयोजकमा नेता झनक बहादुर श्रेष्ठलाई संयोजक तोकिएको जिल्ला संयोजक मगरको भनाई छ । 

 

स्वयम सेवक परिचालनको जिम्मेवारीमा ऋषिवि थापा मगर र आवास व्यवस्थापनको संयोजकमा दिनेश कुमार घिमिरे संयोजक तोकिएको काँग्रेस देउवा समूह रामेछापले जनाएको हो । संस्थापन इत्तर समूहले केन्द्रीय सभापति मान्दै आएको पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई रामेछाप ल्याएरै १५ औँ जिल्ला अधिवेशन गर्ने ‘होमवर्क’ गरिरहेको समूहले जिल्लाका ८ वटै पालिकाका संयोजक समेत तोकेको छ । 

 

जसमा उमाकुण्ड गाउँपालिका संयोजकमा जीतबहादुर कटुवाल, गोकुलगंगा गाउँपालिका संयोजकमा वडा अध्यक्ष समेत रहेका चन्द्र बहादुर सुनुवार, लिखु तामाकोशी गाउँपालिका संयोजकमा सञ्जय तामाङ, रामेछाप नगरपालिका संयोजकमा ऋषिति थापा मगरलाई संयोजक तोकेको छ । 

 

त्यस्तै जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका संयोजकमा अविराज खड्का, दोरम्बा शैलुङ् गाउँपालिका संयोजकमा कृष्ण घिसिङ, सुनापति गाउँपालिकाको संयोजकमा सुरेन्द्र कुमार घिसिङ र खाँडादेवी गाउँपालिका संयोजकमा सुजन ढुङ्गेल पालिका संयोजक तोकिएको जानकारी दिएको हो ।