फास्ट फुड एसोसिएसन नेपाल जिल्ला कमिटी रामेछापको अध्यक्षमा थापा मगर
१८ कात्तिक, रामेछाप । फास्ट फुड व्यवसायीहरूको हकहित संरक्षण, व्यावसायिक एकता, खाद्य स्वच्छता तथा व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले फास्ट फुड एसोसिएसन नेपाल जिल्ला कमिटी रामेछाप गठन गरिएको छ । बुधवार धर्मबहादुर थापा मगरको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो।
जिल्लामा पहिलो पटक कमिटी गठन गर्दै एसोसिएसनले व्यवसायी गेल्पु शेर्पालाई उपाध्यक्ष चयन गरेको छ । त्यस्तै, माधवराज आरण सचिवमा चयन हुँदा उपसचिवमा दुर्गाबहादुर कार्की, कोषाध्यक्षमा मानबहादुर आले चयन भएका छन् ।
जिल्ला कमिटी सदस्यमा इन्द्रमाया माझी, मनोज श्रेष्ठ, मिरा गिरी र विनय कार्की निर्विरोध चयन भएका हुन् । फास्ट फुड एसोसिएसन नेपालका केन्द्रीय अध्यक्ष होमराज श्रेष्ठ, उपमहासचिव भीमप्रसाद आरण समेतको उपस्थितिमा भएको जिल्ला कमिटी विस्तार कार्यक्रममा संस्थाका केन्द्रीय महासचिव राकेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
फास्ट फुड व्यवसायलाई मर्यादित, व्यवस्थित र प्रतिस्पर्धी बनाउन व्यवसायीहरूबिच एकता, सहकार्य र खाद्य स्वच्छतामा विशेष ध्यान पुर्याउनको लागि संगठन विस्तार गरिएको केन्द्रीय महासचिव श्रेष्ठले जानकारी गराए ।

