३ महिनामै सुरुवा भयो रामेछापकी ‘सिडिओ’को, को आउँदै छ ?
१४ असोज, रामेछाप । तीन महिना अगाडि मात्रै रामेछापको प्रमुख जिल्ला अधिकारी ‘सिडिओ’ को जिम्मेवारीमा आएकी बिनु बज्राचार्यको सरुवा भएको छ । उनलाई गृह मन्त्रालय अन्तर्गत अन्य निकायमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको हो ।
गएको जेठ अन्तिम साता रामेछापको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पठाइएकी बज्राचार्य पारिवारिक ‘बन्धनमा’ रहेको चर्चा छ । उनी रामेछाप आएदेखि सरुवा भएर जान खोजेको टीकाटिप्पणी हुँदै आएको थियो ।
सोही अनुसार उनको सोमबार गृह मन्त्रालय अन्तर्गत जिम्मेवारी नतोकी सरुवा आएको हो । असार १० गते मात्रै रामेछापको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेकी बज्राचार्य यो बिचमा पनि पटक–पटक बिदामा गएकी छिन् । केही दिन यता कार्यालयमै रहेकी प्रमुख जिल्ला अधिकारी बज्राचार्यको सरुवाको पत्र आएको तर को आउने भन्ने जानकारी नरहेको रामेछाप प्रशासन स्रोत जनाएको छ ।
