शिक्षा समन्वय इकाई रामेछापको सेवा अनलाइन मार्फत गर्न जोड्
२९ असोज, रामेछाप । शिक्षा विकास तथा समन्वय इकाई रामेछापले आफ्नो कार्यको सेवालाई अनलाइन मार्फत गर्न जोड् दिएको छ । विगतमा भौतिक रूपमै उपस्थिति भएर गर्नु पर्ने काम पछिल्लो समय प्रविधिको विकासलाई पछ्याउँदै अनलाइन मार्फतको सेवालाई प्राथमिकता दिएको कार्यालयले जनाएको हो ।
बिहीबार आन्तरिक प्रतियोगितात्मक परीक्षा (२५ प्रतिशत) मा बढुवा भएका शिक्षकहरूलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै समन्वय इकाई प्रमुख नेत्र प्रसाद गजुरेलले भने ‘हामीले हाम्रो सेवालाई अनलाइन मार्फतै गरेर सहजता ल्याएको छौँ।’ जिल्लामा आफ्नो कार्यलाई सरल र सहज रूपमा प्रदान गर्दै आएको सुनाउँदै आगामी दिनमा थप सक्रिय रूपमा अनुगमन र निरीक्षणलाई तीव्रता दिने योजना कार्यालयको रहेको प्रमुख गजुरेलको भनाई छ । कार्यालयले प्रदान गर्ने सेवाबाट विद्यालय र शिक्षकहरू समेत सन्तुष्ट देखिन्छन् ।

जिल्लाका २ जना नि.मा.बि द्वितीय र ३ जना प्रावि प्रथम र द्वितीयमा बढुवा भएपछि उनीहरूलाई कार्यालयमा डाकी बडा दशैंको सहित बधाई शुभकामना प्रदान गरेको हो ।
नि.मा.वि तर्फ होम मावि ज्यामिरेका शिक्षक कुमार श्रेष्ठ र जनता मावि कोलोन्जोरका शिक्षक गोपी तामाङ बढुवा भएका छन् । त्यस्तै, प्रा.वि.प्रथममा सिक्राल मा.वि.का पवनराज खड्का बढुवा भएका हुन् ।
प्रा.वि द्वितीय तर्फ मन्थली माविका भोला जंग थापा र कालिका देवी माविका देउरालीका कृष्ण कुमारी पौडेल बढुवा भएका हुन् ।
शिक्षा समन्वय इकाइले कार्यालयमा बडा दशैंको शुभकामना समेत आदान प्रदान गरेको हो ।
