‘चेस’मा बागमती प्रदेशकै ‘टप’ हुँदै रामेछापकी १० वर्षीय बालिका राष्ट्रिय प्रतियोगिताको लागि छनोट भइन्
०८ मंसिर, रामेछाप । बागमती प्रदेशमा गएको आइतबार देखि जारी १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता छनोट खेल अन्तर्गत प्रदेश स्तरीय बुद्धिचाल (चेस) प्रतियोगितामा प्रथम हुँदै मानपुरकी १० वर्षीय नबालिका राष्ट्रिय खेलको लागि सिफारिस भएकी छिन् । उनले महिला तर्फको खेलमा राष्ट्रिय स्तरमा आफ्नो प्रतिस्पर्धा गर्ने सिट पक्का गरेकी हुन् ।
जिल्लाको सुनापति गाउँपालिका वडा नं २, देमिपोखरी, मानपुरकी १० वर्षिया ग्लोसी श्रेष्ठ १३ जिल्ला स्तरीय चेस प्रतियोगितामा प्रथम स्थान हासिँल गर्दै राष्ट्रिय प्रतियोगितामा छनोट भएको चेस रामेछापका अध्यक्ष सौजन्य प्रसाद सत्यालले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘१० वर्षीय बालिकाले उत्कृष्ट प्रदर्शन गर्दै प्रदेशबाट राष्ट्रिय प्रतियोगिताको लागि सिफारिसमा परेकी हुन्’, सत्यालले भने ।

आइतबार देखि ललितपुरको बागडोलमा जारी छनोट प्रतियोगितामा रामेछापबाट छात्रा (महिला तर्फ) ३ र पुरुष (छात्रा तर्फ) २ गरी ५ जना सहभागी भएकामा १० वर्षीय बालिकाले आफ्नो उत्कृष्ट क्षमता देखिएकी हुन् । प्रदेशका अन्य १२ जिल्लाका प्रतिस्पर्धिहरुसंगको खेलमा उनले उत्कृष्टता देखाउँदै राष्ट्रिय खेलमा छनोटमा परेपछि बालिकाले आफ्नो क्षमता माथिल्लो तहमा पनि प्रदर्शन गर्ने बताएकी छिन् ।
