एक महिना नबित्दै मन्थली नगरपालिकाकी ‘टुरिस्ट हाकिमको’ सुरुवा !
१९ भदौ, रामेछाप । गएको महिना २२ गते भदौ मन्थली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा आएकी उपसचिव नमिता रेग्मीको सुरुवा भएको छ । उनी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा मिलाएर गएकी हुन् ।
जिल्लामा करिब दुई वर्ष हाकिम भएका देवर्षि सापकोटाको सरुवा भएपछि प्रमुख प्रशासकीयको जिम्मेवारीमा आएकी रेग्मी यो नगरपालिका बस्न रुचाइनन् । उनी आएको १ महिनामा पनि विभिन्न चाड पर्वको बिदा लगाएका कारण पूरा महिना काम गरिनन् ।
छोटो समय हाकिमको कुर्चीमा बसेकी उनले यहाँ रहँदा मन्थलीका विभिन्न वडामा भ्रमण तथा अवलोकन गरिन् । कतिपय वडामा उनलाई टुरिस्ट हाकिम समेत भनेको सुनियो । यद्दयपी हाकिम बनेर अवलोकन भ्रमणमा दौडिएका उनलाई वडामा राम्रो स्वागत सत्कार गरेको देखियो ।
दशैको मुखैमा हाकिम सरुवा भएपछि शिक्षक कर्मचारीसहित नगरभित्रका २ सय भन्दा बढी कर्मचारीहरू भने सेवा सुविधामा अवरोध हुन्छ कि भन्ने त्रासमा देखिएका छन् । पछिल्लो पटक संघीय सरकारले ७ सय ५३ वटै स्थानीय तहमा प्रमुख प्रशासकीय खटाएको चर्चा कमाइ रहँदा रामेछापमा भने प्रमुख जिल्ला अधिकारीसहित स्थानीय तहका कर्मचारी हाकिम महिना दिन नबित्दै सुरुवा धमाधम भइरहेको हो ।
यति बेला प्रमुख जिल्ला अधिकारी सुरुवा भएर को आउने भन्ने समेत निश्चित छैन भने दोरम्बा शैलुङ् गाउँपालिकामा पनि हाकिम हाजिर नलगाई बिदाको बिदा बसेपछि पालिकाको काम प्रभावित भएको भन्दै स्थानीयहरूले प्रश्न गरिरहेका छन् ।
