रामेछापकी खड्का नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

| असोज २७, २०८३ मंगलबार

A A A
A A A

२७ असोज, रामेछाप । नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा रामेछापकी नेतृ विनीता खड्का निर्वाचित भएकी छिन्। उनी महिला खुल्ला तर्फ छैटौँ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । 

 

नेपाली काँग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत मंगलबार दिउँसो सम्पन्न मत गणनामा खुल्ला महिला तर्फ देशभरका महिला नेतृ प्रतिस्पर्धा गर्दा रामेछाप खनियापानीकी खड्काले छैटौँ मत प्राप्त गरी निर्वाचित भएको खड्काले रामेछाप टाइम्ससंग बताइन् । ‘निर्वाचन स्थल तर्फ जाँदै छु, निर्वाचित भएको जानकारी प्राप्त गरे ।’

 

१५ जना निर्वाचित हुन ५८ जना महिला नेतृहरूले प्रतिस्पर्धा गरेका थिए । खड्का विशेष महाधिवेशनपछि पनि केन्द्रीय सदस्य बनेकी थिइन् । केयर गिभरको रोजगारीका लागी इजरायलमा पठाउन भन्दै केही व्यक्तिहरूबाट २ करोड ५० लाख ठगी गरेको प्रकरणमा प्रहरीको अनुसन्धान घेरा भित्र परेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

 

सोमबार काठमाडौँ जिल्ला अदालतले जाहेरी तथा उपलब्ध प्रमाणमा उनको संलग्नता पुष्टि हुने आधार नदेखिएको भन्दै थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको छ । भोट माग्दा–माग्दै पक्राउ परेकी उनले चुनाव जितेपछि उनको महत्त्व अझ बढेको उनले तर्क गरेकी छिन् । उनले भनिन् ‘हामी लोकप्रियतालाई देखेर पनि यस्ता कामहरू अझै पनि हुन सक्छन्’ । 

 

आफू सानै उमेरमा नेता बनेको टिप्पणी गर्दै आगामी दिनमा थप सुझबुझ पूर्ण राजनीति लाग्ने प्रतिबद्धता दोहोर्‍याइन् । रामेछापबाट विभिन्न पदका लागि ९ जनाले प्रतिस्पर्धा गरेका छन् । 

 

नेपाली काँग्रेसको महिला तर्फ (खुल्ला) केन्द्रीय सदस्यमा खड्कासहित वसना थापा, उर्मिला थपलिया, निमा गिरी, कुसुमदेवी थापा, धना कुमारी खतिवडा, अनिता देवकोटा, लक्ष्मी पाण्डे, सृजना अधिकारी, मुना भुसाल, चिनी पोखरेल (चिनु), रिता थापा मगर, कल्पना तिवारी, गंगा दाहाल र कान्तिका सेजुवाल विजयी भएका छन् ।