रामेछापमा चाड पर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरियो

| असोज २१, २०८३ बुधबार

A A A
A A A

२१ असोज, रामेछाप । रामेछापमा चाड पर्व नजिकिएसँगै यात्रु सहायका कक्षा स्थापना गरिएको छ । प्रत्येक वर्ष जस्तै यो वर्ष पनि मुख्य चाड पर्व नजिकिएसँगै यात्रु सहायका कक्षा सञ्चालनमा ल्याइएको हो । जिल्ला प्रवेश गर्ने मुख्य नाका सेलेघाट, देवकोटा चोक र खिम्तीमा कक्ष सञ्चालनमा आएसँगै सेवा लिन सकिने भनिएको छ । 

 

जिल्ला प्रहरी कार्यालय रामेछाप र जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापको संयुक्त प्रयासमा बुधवार निमित्त प्रमुख जिल्ला अधिकारी राम बहादुर केसी र मन्थली नगरपालिका वडा नं १, का वडा अध्यक्ष होम प्रसाद पौडेल (रामहरि) सहितको उपस्थितिमा जिल्ला सदरमुकाम मन्थली देवकोटा चोक, खिम्ती र जिल्लाको प्रमुख नाका सेलेघाटमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जनाएको हो । 

 

चाड पर्वको बेलामा यात्राको क्रममा हुन सक्ने विभिन्न जोखिमलाई नियन्त्रण गरी यात्रुको यात्रा सहज बनाउन भूमिका खेल्ने उद्देश्यले सहायता कक्षा स्थापना गरिँदै आइएको छ । लामो दुरीका सवारी साधनले चाड पर्वको मौका छोपेर महँगो भाडा असुल्ने, जोखिम पूर्ण यात्रा गराउन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर कक्ष सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापको भनाई छ । 

हेल्प डेस्क स्थापना संगै सवारी साधानमा समेत सचेतना मूलक स्टिकर समेत टाँस गरिएको छ ।