कांग्रेस रामेछापः दुई प्रदेशबाट आएको ६६ जना दाबेदारहरुको नामावाली जस्ताको तस्तै प्रदेश समितिलाई जिम्मा

| भदौ २०, २०७९ सोमबार

कांग्रेस पार्टी कार्यालय रामेछाप, फाइल फोटो ।
A A A
A A A

२० भदौ, रामेछाप । आकाक्षिहरु धेरै भएपछि नेपाली कांग्रेस रामेछापले दुई प्रदेश सभाहरुले बुझाएको उम्मेद्वारको विवरण जस्ताको तस्तै प्रदेश समितिलाई बुझाएको छ । उसले कूल ६६ जनाको नामावली प्रदेशलाई बुझाएको छ । जसमा प्रत्यक्ष तर्फ कूल २९ जना र समानुपातिकमा ३७ जनाको नाम बुझाएको हो । 

 

आइतबार पार्टी सभापति पूर्णबहादुर तामाङ् ‘कान्छाराम’ ले प्रदेश ‘क’ ले ३४ जना र ‘ख’ ले ३२ जनाको नाम बुझाएपछि सो नामावलीमा कुनै पनि काट्छाट् नगरी पार्टी प्रदेश समितिलाई बुझाएको पार्टी प्रवक्ता नारायण बोगटीले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘जिल्ला कार्यसमितिले दुई प्रदेशबाट आएको नामावलीमा काट्छाट् गरेको छैन्, जस्ताको तस्तै सभापतिले प्रदेश समितिलाई बुझाउनुभयो ।’

 

जसमा प्रदेश ‘क’ बाट प्रत्यक्षमा १५ जना र समानुपातिक मा १९ जना गरि कूल ३४ जनाको नाम सिफारिस भएको छ । 

 

त्यस्तै प्रदेश ‘ख’ मा प्रत्यक्षमा १४ जना र सामानुपातिकमा १८ गरि ३२ जनाको नाम प्रदेशमा बुझाएको बोगटीले जानकारी दिए । कांग्रेस रामेछापले आउँदो मंसिर ४ गते हुने स्थानीय तह निर्वाचनमा संघीय र प्रदेश उम्मेद्वरको नाममा निर्णय गर्न नसक्दा माथिल्लो तहमै जिम्मा दिएको छ ।

यो पनि पढ्नुहोस्
कांग्रेस रामेछापले संघमा लड्ने उम्मेद्वार टुङ्ग्योः यी हुन् दाबेदार (नामावलीसहित)
कांग्रेस रामेछापबाट यी ६४ जनाले प्रदेश सभा ‘क’ र ‘ख’ मा दाबी गरे (नामावलीसहित)

यसरी आकांक्षि धेरै हुनु स्वभाविक भएको भन्दै कसैले कसैलाई सर्वस्वीकार्य नेतृत्व नभएको पुष्टि भएको कांग्रेसका एक नेताले बताए । उनले भने ‘यहाँ कसैले कसैलाई नेतृत्व स्वीकार्न नसक्दा यस्तो भएको हो । यसबाट पुष्टि हुन्छकि कसैले पनि यो रामेछापको नेतृत्व गर्ने कांग्रेस हो भनेर स्वीकार गर्न सकेका रहेनन् भन्ने उनले भने ।’

 

यसरी जस्ताको तस्तै निर्णय प्रदेशमा सिफारिस गर्नु भनेको नेतृत्वले निर्णय लिन नसक्नुनै प्रमुख कारण भएको नेताहरु बताउछन् ।