पौडी खेल्ने क्रममा डुबेर तामाकोशीमा एकको ज्यान गयो

| भदौ २०, २०७९ सोमबार

A A A
A A A

२० भदौ, रामेछाप । तामाकोशी नदीमा पौडी खेल्ने क्रममा एक जनाको डुबेर ज्यान गएको छ । ज्यान गुमाउनेमा खाँडादेवी गाउँपालिका वडा नं ४ निवासी १९ वर्षीय रामकुमार माझी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

पकरवासका माझीसहित ६ जनासाथिहरु संग पौडी खेल्ने क्रममा मन्थली नगरपालिका ७ स्थित ओडारे भन्ने स्थानमा डुबेका जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजुप्रसाद ढकालले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 


‘उनी पौडी खेल्ने क्रममा डूबेका रहेछन्, उनको शब भेटिएको छ, अहिले मन्थली अस्पतालमा लगिएको छ ढकालले भने ।’

 

घटना बारे थप अनुसन्धान भैरहेको सूचना अधिकारी ढकालले बताए ।