रामेछापका नेता शिवहरि खड्काको अल्पायूमै निधन्

| भदौ २१, २०७९ मंगलबार

A A A
A A A

२१ भदौ, रामेछाप । नेपाली कांग्रेस रामेछापका नेता शिवहरि खड्काको अल्पायूमै ज्यान् गएको छ । उनीले आफू खुसी देह त्याग गरेको आशंका गरिएको छ । 

 

जिल्लाको सुनापति गाउँपालिका वडा नम्बर ५ खनियापानीको डांसे निवासी खड्का परिवारसहित काठमाडौं बस्दै आएका थिए । उनी पालिकामा कांग्रेसका क्रियाशिल सदस्य हुन् । 

 

विषाधि सेवा गरेको आशंका गरिएका खड्कालाई उपचारको लागि लैजाँदै गर्दा ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ । 

 

पार्टीमा संक्रिय खड्का विभिन्न संघसंस्थामा आबद्ध थिए । उनको शवलाई पोष्ट मार्टमको लागि त्रिवी शिक्षण अस्पतालमा राखिएको छ । 

 


पोष्ट मार्टम रिपोर्टपछि उनको अन्त्यस्टि गरिने जनाइएको छ । उनी अन्दाजी ४०/४५ वर्षीय रहेका छन् ।