बाम्तिमा आगाेलागीमा परि श्रीमान श्रीमतीको ज्यान गयाे,घरजलेर नष्ट

| बैशाख २०, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

२० वैशाख, रामेछाप  । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तिमा आगोलागीमा परि  श्रीमान श्रीमतीको ज्यान गएको छ । 

 

आइतबार राति घरमा करेन्ट सर्ट भएर घरमा आगोलागी हुदा वृद्धवृद्धाको ज्यान गएको स्थानीय तरुण दलका नेता सम्शेर  कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार आगोलागीबाट घरसहित सबै सामान जलेर नष्ट भएका छन् । 

 


गएराती करिव १२ बजे भएको आगलागीमा परि मनोहर कार्कीका बुबा ७८ वर्षीय धनवहादुर कार्की र आमा ६८ वर्षीय सिता कार्कीको घटनास्थलमै ज्यान गएको कार्कीले बताए । 

 

उनका अनुसार–ढुङ्गा माटोले बनेको दुुईतले घरमा राती अकस्मात आगलागी भएपछि छोरा वर्ष ३५ का मनोहर कार्की उनकी श्रीमती वर्ष ३२ कल्पना कार्की र ३ वर्षिय छोरी स्मारिका कार्की भने घरको ढोका फुटाएर हामफालेर बाँच्न सफल भएका छन् । 


राति अकास्मिक रुमा करेन्ट सर्ट भएर लागेको आगो निभाउन स्थानिय  र बाम्ती प्रहरी चौकीबाट गएको प्रहरी टोलीले आगो निभाउन नसक्दा घर पूर्णरुपमा क्षती भएको हो । 

 

आगोलागीबाट घरमा के कती क्षती भयो भन्ने खुल्न सकेको छैन् । 

 

घटनापछि मृतक धनवहादुर र उनकी श्रीमती सिताको शव खनेर निकालीको छ । मृतकको शवको मुुचुल्का तयार गरि शव पोष्टमार्टमको लागि दोलखाको जिरी वा सदरमुकाम मन्थली कता लाने भन्ने विषयमा छलफल भइरहेको प्रहरीले जनाएको छ ।

 

स्थानियहरुले राति घटनाको जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय रामेछापवाट प्रहरी प्रवक्ता श्रीशंकर श्रेष्ठको नेतृत्वमा प्रहरी टोली राति नै घटनास्थल पुुगेको छ । घटनास्थल पुुगेको प्रहरी प्रवक्ताको टोलीले स्थलगत मुचुल्का उठाउने र शव पोष्टमार्टमको लागि पठाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार