९ महिना अघि काठमाडौंबाट चोरी भएको ‘बाइक’ जिप्रका रामेछापले भेटेर दियो धनीलाई

| भदौ २२, २०७९ बुधबार

तस्विर जिल्ला प्रहरी कार्यालयबाट प्राप्त ।
A A A
A A A

२२ भदौ, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले लामो समयदेखि हराएको मोटरसाइकल भेटाएर धनीलाई जिम्मा लगाएको छ ।

 

आज बुधबार प्रहरी कार्यालयबाट मोटरसाइकल धनीलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नीरिक्षक एवं सूचना अधिकारी राजुप्रसाद् ढकालले जानकारी दिए । (जिप्रका) रामेछापले गत साउन महिनाभर ‘चोरीको मोटरसाईकल तथा प्रयोग गर्ने मानिस नियन्त्रणमा लिने’ विशेष अभियानै संचालन गरेको थियो । 

 

सोही अभियान अन्तर्गत जिल्लाको मन्थली नगरपालिका वडा नं १४ फुलासी स्थितमा बेबारिसे अवस्थामा गत आइतबार फेला परेको हो । गत २०७८ मंसिर २१ गते काठमाण्डौं महानगरपालिका वडा नं १ लालदरबार स्थित एन.एम‍‍.बि बैंकको पार्किङबाट हराएको थियो । 

 

९ महिनापछि भेटिएको बागमती प्रदेश ०२–०३० प ६९५९ नम्बरको (२२०) पल्सर मोटरसाइकलका धनीका प्रतिनिधिलाई जिम्मा लगाएको हो । सो ‘बाइक’ हुलास चन्द एण्ड कम्पनी प्रा.लि‍ मार्फत सन्तोष डंगोलको नाममा रहेको जनाइएको छ ।

 

मोटरसाइकल (जिप्रका) ले आवश्यक कागजात सहित सम्पर्कमा आएका शिखर इन्स्योरेन्स कम्पनीको आधिकारिक प्रतिनिधी पदम कुमारी श्रेष्ठलाई  हस्तान्तरण गरेको जानकारी दिएको छ ।(जिप्रका)ले भटाभट चोरी भएका मोटरसाइकलहरु फेला पारी जिम्मा लगाउन थालेको छ ।