एकिकृत समाजवादी रामेछापबाट संघमा ३ र प्रदेशमा ४-४ जनाको नाम सिफारिस, यी हुन् (नामावली)

२३ भदौ, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) रामेछापबाट संघमा तीन जनाको नाम सिफारिस भएको छ ।
जसमा पूर्वसांसद् समेत रहेका कम्युनिष्टका पूराना नेता देवशंकर पौडेल, होमबहादुर बुढाथोकी र शान्ता सापकोटा समानुपातिक र प्रत्यक्ष दुबैतर्फ पर्ने गरि सिफारिस गरिएको जिल्ला पार्टी अध्यक्ष रमेशकुमार बस्नेतले रामेछाप टाइम्सलाई जानकारी दिए ।
उनका अनुसार संघ र प्रदेश दुबैमा प्रत्यासीहरुको नाम पठाइएको र सोही नामावलीबाट समानुपातिक र प्रत्यक्षमा पर्ने छन् । पौडेल पूर्व सांसद् एवं पार्टीको पोलिट्ब्यूरो सदस्य हुन् । उनी कम्युनिष्ट पार्टीका नेतामा जिल्लामा परिचत नाम हो । त्यस्तै बुढाथोकी पनि पार्टीको पोलिट्ब्यूरो सदस्य हुन् । पछिल्लो युवा पुस्तामा (एस) मा सक्रिय नेता हुन् ।
त्यस्तै (एस) रामेछाप प्रदेश सभा ‘क’ को लागि रेमशकुमार बस्नेत, आङकाण्डू शेर्पा, रमेशबाबु श्रेष्ठ, ढालबिक्रम कार्कीको नाम सिफारिस गरिएको छ । जसमा बस्नेत निवर्तमान मन्थली नगरपालिका प्रमुख एवं जिल्ला पार्टी अध्यक्ष हुन् । उनी कम्युनिष्ट आन्दोलनका पूराना नेता हुन् । शेर्पा पार्टीमा सक्रिय छिन् ।
त्यस्तै श्रेष्ठ एकीकृत समाजवादी प्रदेश कमिटी सदस्य हुन् ।
त्यस्तै प्रदेश ‘ख’ मा झम्क कंडेल, लालसिंह घिसिङ, दिपक बुढाथोकी र किरण मोक्तानको नाम सिफारिसमा परेको छ । जसमा कंडेल कानुन व्यवसायी सहित पार्टीको केन्द्रिय सदस्य हुन् । त्यस्तै माेक्तान केन्द्रिय परिषद सदस्य हुन । त्यसतै घिसिङ् जिल्ला कमिटी पार्टी सचिव हुन् ।
स्रोतका अनुसार प्रदेश ‘क’ मा रमेशकुमार बस्नेत र ‘ख’ मा कंडेल बलिया दाबेदार हुन् । तर, गठन्धन भएमा (एस) भागमा पर्छकि पर्दैन भन्ने अन्यौल कायमै छ ।
संघमा नेपाली कांग्रेसले दाबी नछाडे माओवादी केन्द्रले दुई प्रदेश लिएर (एस) को भागमा नपर्न सक्ने पनि सम्भावन बढेको स्रोतको दाबी छ । कांग्रेसले संघ लिने कसरत बलियो बनाएको (एस) का नेताहरु बताउछन् ।