संविधान दिवसको अवसरमा गुम्देल र फर्पुमा दीप प्रज्वलन

| असोज ३, २०७९ सोमबार

तस्विर रस्मिला घिमिरे ।
A A A
A A A

३ असोज, रामेछाप । संविधान दिवसको अवसरमा रामेछाप स्थानीय तहहरुले दीप प्रज्वलन गरेका छन् । 

 


आज सांझ उमाकुण्ड गाउँपालिका वडा १ गुम्देल स्थित श्री महालङ्गु माद्यामिक विद्यालय र गोकुलगंगा गाउँपालिकाको वडा नं ६ फर्पुमा शिक्षक विद्यार्थी र अभिभावकको उपस्थितिमा दीप प्रज्वलन गरिएको गुम्देलबाट शिक्षका रस्मिला घिमिरे (बि.क) र फर्पुबाट वडा अध्यक्ष चन्द्रबहादुर सुनुवारले जानकारी दिइन् । 

 

 

०७२ असोज ३ गते संविधान जारी भएको सम्झनामा आज देशब्यापी रुपमा दिवस मनाइएको छ । जिल्लामा पनि दिवसको अवसर पारी सरसफाई, अन्तरक्रिया र दीप प्रज्वलन गरिएको छ।