रामेछापमा ‘म्यादी प्रहरी’को लागि १०५५ जनाको आवेदन : कतिले पाउँछन् जागिर ?
४ असोज, रामेछाप । रामेछाप जिल्लामा हालसम्म एक हजार भन्दा बढीले म्यादी प्रहरीको लागि आवेदन दिएका छन् । आउँदो मंसिर ४ गते हुन लागेको प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको लागि सरकारले माग गरेको देशभरिको कूल एक लाख १५ हजार म्यादी प्रहरी परिपूर्ति गर्न हाल ७७ वटै जिल्ला प्रहरी कार्यालय मार्फत धमाधम काम भइरहेको छ ।
सोही अनुसार रामेछापमा पनि मङ्गलवार सम्म एक हजार ५५ जनाले आवेदन दिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी राजु प्रसाद ढकालले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार ३०८ जना महिला र बाँकी पुरुषले आवेदन दर्ता गरेका छन् । ‘दर्ता भइरहेको छ, अजै बाँकी, पहिलेको भन्दा थपिने छन् ढकालले भने ।’
जिल्लामा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ९२६ जनाले म्यादीमा रोजगारी पाएका थिए । यो पटक देशभरि स्थानीय तहको भन्दा कूल १५ हजार बढी म्यादीको माग गरिएको छ ।
स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा, लिखित परीक्षा र अन्तरवार्तामा सहभागी भएकाहरूको प्राप्ताङ्कको आधारमा योग्यता क्रमानुसार ९२६ जना उत्तीर्ण भएपछि २४३ जना महिला र ६६८ जना पुरुष काम गर्न पाएका थिए । त्यति बेला करिब १७ सय जनाले आवेदन दिएका थिए । अहिलेको निर्वाचनमा पनि गत स्थानीय तहमा काम गरेका म्यादीलाई प्राथमिकता हुने उनले बताए । ‘ढकालले थपे ९२६ जना पहिलेकै हो । अहिले ४ वटा मतदान केन्द्र थप भएका छन्, सोसंख्या थपिन सक्छ ।’
करिब ४५ दिन काम गर्नु पर्ने उनीहरुले सूचना अधिकारी ढकालले थपे जिल्लामा ठ्याकै यती संख्या भनेर तोकेको छैन ।’ गत भदौ ३० गतेदेखि भोलि बिहिबार सम्म आवेदन दिन सक्ने गरी दरखास्त आह्वान गरिएको ‘म्यादी प्रहरी भर्ना’ खुलाइएको थियो ।
निर्वाचनमा शान्ति, सुरक्षा कायम गर्न काम गर्ने उनीहरुले ४० दिनको ८६९ रुपैयाँको दरले एक मुस्टमा ३४ हजार ७६० रुपैयाँ प्राप्त गर्ने छन् । साथै खाध्यन्न बापतको प्रतिव्यक्ति एक मुस्टमा ७ हजार २ सय पाउने छन् ।