दशैमा जिल्ला भित्रिने सवारीले क्षमता भन्दा बढी यात्रु बोक्न नपाउने, बोकेमा यस्तो कारबाही गरिने ?

| असोज ७, २०७९ शुक्रबार

फाइल फोटो
A A A
A A A

७ असोज, रामेछाप । रामेछापमा दशै, तिहारमा जिल्ला भित्रिने सवारी साधानले क्षमता भन्दा बढी यात्रु बोक्न नपाउने भएका छन् । क्षमता भन्दा बढी यात्रु बोकेमा सवारी, साधनमाथि कारबाही गरिने छ । 

 

जिल्ला प्रशासन कार्यालयमा बिहिवार प्रमुख जिल्ला अधिकारी दीपक पहाडीसहित बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एकले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘सवारी, साधनलाई थप व्यवस्थित तरिकाले सञ्चालन गर्ने निर्णय गरिएको छ । सवारीले सिट क्षमता भन्दा बढी यात्रु बोक्न नपाउने निर्णय गरियो उनले भने ।’

 

उनका अनुसार मुख्य चाडपर्व निजिकिएसंगै गाउँ फर्किने यात्रुको सुरक्षालाई मध्यनजर गर्दै बैठकले यात्राका क्रममा क्षमता भन्दा बढी यात्रु बोक्न नदिने निर्णय गरेको हो । 

 

त्यस्तै यात्रु बोक्न नमान्ने, ज्येष्ठ नागरिक, महिला र अपाङ्गका लागि व्यवस्था गरिएको आरक्षण सिटको पूर्ण प्रयोग हुनु पर्ने, तोकिएको भन्दा बढी भाडा लिन नपाउने लिएमा कडा भन्दा कडा कारबाही गर्ने निर्णय गरिएको छ । यसको लागि जिल्ला प्रहरी कार्यालय अन्तर्गतका ट्राफिक प्रहरी, प्रहरीले अनुगमन, नियन्त्रण गर्ने जिम्मेवारी समेत तोकिएको छ । 

 

 

जिल्ला प्रशासन कार्यालय रामेछापले उपभोक्ताहरूको हितलाई ध्यानमा राखी दशै तिहार र छठ पर्व लक्षित चार निर्णय गरेको छ । जस अनुसार उसले उपभोक्ताहरूका लागि यातायात सञ्चालनलाई व्यवस्थित बनाउने बजार अनुगमनमा कडाइ गरी मूल्य सूचि अनुसार सामान बेच विखन गर्नका लागि आवश्यक व्यवस्था मिलाउने पनि निर्णय गरेको छ ।