रिता माझी राप्रपा नेपाल प्रवेश

८ असोज, रामेछाप । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेकी सांसद रिता माझी राप्रपा नेपाल प्रवेश गरेकी छिन् ।
हिजो शुक्रवार हेटौडा स्थित बागमती गाउँपालिका वडा नं ३ मा आयोजित एक कार्यक्रममा पार्टी केन्द्रीय अध्यक्ष कमल थापाले माझीलाई पार्टीमा प्रवेश गराएका हुन् ।
गत भदौ २६ गते आइतबार राति प्रेस विज्ञप्ति जारी गर्दै ‘राप्रपा अहिलेको अवस्थामा देशको आवश्यकता अनुसारको नचलेको, साँघुरो सोच, व्यवहार, अहंकार र कुण्ठाले भरिएको, पूर्वाग्रही बनेको ठहर सहित (राप्रपा) परित्याग गरेकी बागमती प्रदेशकी सांसद समेत रहेकी माझी राप्रपा नेपालमा सम्मेलित भएकी हुन् ।
राप्रपा नेपाल प्रवेश गरेपछि बोल्दै माझिले इमानदारिता , निष्ठा र कर्तब्यबोधका कारण राप्रपा नेपाल रोजेको बताइन् । उनले कमल थापा विचार र पार्टीको जन्मदाता भएको दाबी गरिन् । साथै उनले थापासँग काम गर्दा आफूलाई गौरवको अनुभूति हुने बताइन् ।
राप्रपा नेपाल प्रवेश गरेपछि रामेछाप टाइम्ससंग कुरा गर्दै केन्द्रिय सदस्य माझीले अब राप्रपा नेपालबाट देश र जनताको लागि काम गर्ने बताइन् । उनी रामेछापबाट सांसद् बनेकी हुन् ।
उनले भनिन् ‘अबको गन्तव्य स्पस्ट भएको छ । राप्रपा नेपालबाटै देश र जनताको हितको लागि काम गर्छु । सङ्कुचित र कुण्ठबाट् त्यो सम्भव छैन् । बाहिरबाट हेर्दा जस्तो देखिन्छ, भित्र त्यो अलिकति पनि नभएको हुँदा त्यो ठाउँमा बसिरहन सकिन । ’