अत्यावश्य बाहेक सबै कार्यालयहरु बैशाख मसान्त सम्म बन्द हुन्छन्-प्रधानमन्त्री ओली (भिडियोसहित)
फाइल फोटो
२० वैशाख, रामेछाप । प्रधानमन्त्री केपी शर्मा ओली बेड लुकाउने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
देशबासीका नाममा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बेड लुकाउने अस्पताललाई कानूनअनुसार काबाही गर्ने बताए ।
प्रधानमन्त्री ओलीले सरकारले कोरोना संक्रमितको उपचारका लागि हरसम्भव प्रयास गर्ने आश्वसन दिए ।
प्रधानमन्त्री ओलीले कोभिड– १९ महामारी नियन्त्रण, रोकथाम र उपचारका लागि सरकारले चालेका कदमलाई सहयोग गर्न देशबासीलाई आग्रह गरे । उनले जनस्वास्थ्यका मापदण्डलाई कडाइको साथ पालना गर्दै कोभिड संकटसँग जुध्ने अभियानमा सहयोग गर्न अन्तराष्ट्रिय समुदायसँग अपिल गरे ।
त्यस्तै अत्यावश्य बाहेक सबै सेवा वैशाख मसान्त सम्म बन्द हुने उनले बताए ।
त्यस्तै ठूला अस्पताललाई कोभिड् अस्पलाको रुपमा संचालन गर्ने उनले जानकारी दिए ।
भिडियो हेर्नहोस्
https://www.facebook.com/Hamroramechha/videos/833114284284428
