अरनिको यात्रु वाहक बसमा रामेछापमा आगो लाग्यो
११ असोज, रामेछाप । रामेछापमा काठमाडौँबाट यात्रु लिएर आएको यात्रुवाहक अरनिको बसमा आगो लागेको छ ।
ओखलढुङ्गातर्फ जाँदै गरेको प्रदेश नं ३–०१–००६ ख ०६०० नम्बरको बसमा मन्थली नगरपालिका र लिखु तामाकोसी गाउँपालिकाको सिमानामा पर्ने कठजोर खोला पुल नजिकै एक्कासि आगो लागेको नेपाल रेड्क्रशका निवर्तमान मन्त्री जयप्रकाश श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए ।
उनका अनुसार धेरै हिट भएर आगो लागी भएको प्रारम्भिक अनुमान गरिएको छ। गाडीमा आगो लागो पनि यात्रु सबै सुरक्षित रहेका छन् ।
यात्रुलाई तत्काल उद्दार गरिएको थियो । बसमा लागेको आगो मन्थली नगरपालिका र नेपाल रेड्क्रश सोसाइटी जिल्ला शाखा रामेछापबाट पुगेको दम्कलसहितको टोलीले नियन्त्रणमा लिएको छ ।
आगो लागेपछि बसमा सामान्य क्षेती पुगेको छ । यात्रुलाई अर्को बसमार्फत लगिएको छ ।