पृती खुसी नभएको घटना प्रकरण : १२ जना विरुद्ध ज्यान मार्ने मुद्दा दर्ता, ११ जना यसरी छुटे ?

| असोज १३, २०७९ बिहिबार

घटना स्थलमा प्रहरी ।
A A A
A A A

१३ असोज, रामेछाप । पृती खुसी नभएको भन्दै बोक्सीको आरोपमा ७ बोरा भन्दा बढी चामलको अक्षेताले हिर्काएर ५५ वर्षीय बिबी माझीको ज्यान लिनेमाथि हत्या आरोपमा मुद्दा दर्ता भएको छ । मृतकको बुधवार पोस्ट माटम् भएको छ । 

 

जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीमा गत आइतबार माझीको अक्षेताले निरन्तर हिर्काएर घरभित्र बन्धक बनाएपछि ज्यान गएको  थियो । उनको शव अहिले पोस्ट माट्मको लागि टिचिङ् अस्पतालमा पठाइएकोमा सोही अन्तर्गतको दुवाकोट अस्पतालले बुधवार पोस्टमार्टम गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका (डिएसपी) राजकुमार थिङ्ले रामेछाप टाइम्सलाई जानकारी दिए । तर, रिपोर्ट जिल्ला प्रहरीसंग आइन पुगेको थिङ्ले बताए । 

 

उनका अनुसार ७० वर्षीय आमा सनुमायाँ माझीको पनि मन्थली अस्पतालबाट डिस्चार्ज गरिएको छ । उनलाई हाल मन्थलीको सेफ हाउसमा राखिएको छ । 

 

घटनामा संलग्न भएको आरोपमा बिबी माझीका गाउँ÷टोलका २३ जना पक्राउ परेका थिए । पक्राउ परेका २३ जनामा १२ जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको र बाँकि ११ जना भने घटनामा संलग्नता नदेखिएपछि मंगलबार छोडिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी राजप्रसाद ढकालले जानकारी दिए । 

 

१३ जना विरुद्ध मृतकको झड्केलो छोरा (नाता पर्ने) पदमलाल माझीले कर्तव्य ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालय रामेछापमा किटानी जाहेरी दिएसँगै उनीहरू विरुद्ध प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ । तर, जिल्ला अदालत बन्द भएका कारण थप प्रक्रिया अगाडि बढ्न भने नसकेको डिएसपी थिङ्ले बताए । 

 

 

जिल्ला प्रहरी प्रमुख एवं (डिएसपी) थिङ्का अनुसार किटानी जाहेरी अनुसार खाँडादेवी गाउँपालिका–३ भिरपानी सित्खाका वर्ष ३७ का शिवबहादुर माझी, वर्ष ४० की राधिका माझी, वर्ष १७ की सपना माझी, वर्ष १९ को भरत माझी र वर्ष २० को सुरज माझीलाई कर्तव्य ज्यान मुद्दा अन्तर्गत मुद्दा अघि बढाइएको छ । 

 

त्यस्तै १६ वर्षीय सबिना माझी, १९ वर्षीय मनीषा माझी, वर्ष १६को सिरिस भन्ने रामकुमार माझी, वर्ष २६को धन बहादुर माझी र वर्ष १९ को राजेश माझी विरुद्ध कर्तव्य ज्यान मुद्दा अगाडि बढेको डिएसपी थिङले बताए ।

 

त्यस्तै घटनामा संलग्न भएको आशङ्कामा नियन्त्रणमा लिएका मध्ये १२ जना भने प्रहरीले बोलाएको बेलाबखत कार्यालयमा उपस्थित हुने गरी छुटेका छन् ।

 

यसरी छुट्नेमा खाँडादेवी–३ भिरपानी सित्खाका वर्ष २२ की सिर्जना माझी, वर्ष २४ को भरत माझी (ठुलो), वर्ष २४ को कुमार माझी, वर्ष २४ को उदय बहादुर माझी, वर्ष २४ को पुसमान माझी, वर्ष ३२ को शुक्र बहादुर माझी र वर्ष १९ को रामहरि माझी रहेका छन् ।

 

त्यसैगरी सोही घटनामा छुट्नेहरुमा वर्ष ३० को विज्ञान माझी, वर्ष ५४ को धर्म बहादुर माझी, वर्ष २६को शुक्रे माझी, वर्ष २९ को राजु माझी र वर्ष २० की सङ्गीता माझी रहेका छन् । उनीहरू सबैलाई प्रहरीले बोलाएको बेला जुनसुकै समयमा पनि कार्यालयमा उपस्थित हुनुपर्नेछ ।