पत्रकार महासंघ रामेछाप : पत्रकारलाई कोरोना संक्रमण भए यी ब्यक्तिलाई सम्पर्क गरौं

| बैशाख २०, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

२० वैशाख, रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापले  (Rapid Response Team)  र्यापिड रेस्पोन्स टिम अर्थात द्रुत गतिको कार्यसमिति गठन गरेको छ ।

 

विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा महासंघको हलमा सिमित पत्रकारहरुको उपस्थितिमा गरिएको चियापान कार्यक्रममा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रणबाट जिल्लामा पत्रकारहरु संक्रमित हुन थालेको भन्दै महासंघले द्रुत गतिको समिति गठन् गरेको हो । 

 


समितिले जिल्लामा पत्रकारहरु संक्रमित भएमा उनीहरुको तत्काल ब्यवस्थापन, उपचार लागिको लागि सम्बन्धि निकायमा ध्यानाकर्षण गर्ने छ ।

 

महासंघ रामेछापका जिल्ला अध्यक्ष बद्री नयाँघरेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन् गरिएको हो । जसमा महासंघका पूर्व अध्यक्ष टीका भट्ट,  महासंघका प्रदेश परिषद सदस्य अप्रिल अधिकारी, सचिव तुलसीदेवी श्रेष्ठ,  कोषध्यक्ष युवराज श्रेष्ठ, सहसचिव रामचन्द्र बि र सदस्य कुमार श्रेष्ठ रहेका छन् ।

 

विश्व प्रेस स्वतन्त्र दिवसको अवसमा गरिएको चियापान कार्यक्रमलाई सम्बोधन् गर्दै जिल्ला अध्यक्ष नयाँघरेले शुभकामना दिएका छन् । उनले स्वच्छ र मर्यादित पत्रकारीता गर्न लाग्न सबैलाई आग्रह गरे । 
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार