यस्ता छन् मन्थली नगरकार्यपालिकाले गरेका निर्णय ?

| असोज १४, २०७९ शुक्रबार

फाइल फोटो ।
A A A
A A A

१४ असोज, रामेछाप । मन्थली नगरपालिकाले गत बिहीबार बसेको कार्यपालिकाको बैठकको निर्णय सार्वजनिक गरेको छ । 

 

 

बैठकले लैङ्गिक, यौनजन्य दुर्व्यवहार र जातीय विभेद निवारण आचार संहिता पारित गरी प्राथमिकताका साथ कार्यान्वयन गराउने, कार्यस्थलको वातावरण स्वास्थ्य, सुरक्षित, पारदर्शी, निष्पक्ष र लैङ्गिक हिंसामुक्त बनाउने, नगरपालिकाको वडा नं भलुवाजोर ६ को खुर्कोट पुलदेखि १३ को मिल्ती खोला पुलसम्मको पुष्पलाल मार्गमा पर्ने जग्गाको रेखाङ्कन गरी लगत कट्टाको लागि सरोकारवाला र अख्तियार प्राप्त प्रदान गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । 

 

 

त्यस्तै स्थानीय स्तरमा विपद् जोखिम न्यूनीकरणका लागि जारी नेपाल विपद् व्यवस्थापन घोषणा पत्रमा उल्लेखित बुँदाहरूको कार्यान्वयन गर्न आवश्यक ऐन कानुन निर्माण, जारी ऐन कानुनमा परिमार्जन र नगरपालिकामा आपत्कालीन सञ्चार केन्द्र निर्माण जस्ता कार्य क्रमशः कार्यान्वयन गर्दै लैजाने, सार्वजनिक विद्यालयलाई सुधार गर्न शैक्षिक सरोकारवालासँगको छलफल र उक्त कार्यक्रमबाट गरिएका सार्वजनिक प्रतिबद्धता अनुरूपका कार्यहरू अगाडि बढाउने लगायतका निर्णय गरेको छ ।

 

यस्ता छन् निर्णय पढ्नुहोस् ।