सुनारपानीको वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि ४ नम्बरको पोल्टोमा : हरिशरण कार्की उत्कृष्ट खेलाडी घोषित

| असोज १६, २०७९ आइतबार

A A A
A A A

१६ असोज, रामेछाप । मन्थली नगरपालिका वडा नं ५ सुनारपानीले आयोजना गरेको वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि सविकको वडा नं ४ ले जितेको छ । 

 

 

गत शुक्रवारदेखि भैरबी मावि सुनारपानीमा भएको प्रतियोगितामा ७ टिम सहभागी थिए । जसमा साविकको ४ नम्बरले पहिलो स्थान हाँसिल गरेको छ । उसले नगद ३५ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

 

त्यस्तै द्वितीय भएको साविकको वडा नं ३ ले नगद २५ हजार शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । 

 

तृतीय भएको साबिककै वडा नं ५ ले नगद १५ हजार शिल्ड, मेडल र प्रमाणपत्र  हाँसिले गरेको छ । 

 

त्यस्तै साविकको वडा नं ६ सान्त्वना हुँदै नगद १० हजार सहित मेडल, प्रमाणपत्र जितेको छ । उनीहरुलाई वडा अध्यक्ष रविन कार्की (नवीन) ले पुरस्कार प्रदान गरे । 

 

त्यस्तै वडा,दशै तथा दीपावलीको अवसरमा आयोजित प्रतियोगितामा हरिशरण कार्की उत्कृष्ट खेलाडी घोषित भए ।

 

वडा भित्रका युवाहरुको खेल प्रतिको चहाना र आवश्यकतालाई बुझेर खेल आयोजना गरेको वडा अध्यक्ष कार्कीले बताए ।