मन्थलीमा १६ वर्षीय बालिकालाई बलत्कार गरेको आरोपमा जिरीका किशोर पक्राउ

| चैत ३१, २०७७ मंगलबार

संकेतिक फाइल
A A A
A A A

चैत ३१,रामेछाप । रामेछापको मन्थलीमा १६ वर्षे बालिका बालिका बलात्कृत भएकी छिन् । बालिकालाई गएराती १२ : ०० बजेको समयमा दोलखा जिल्लाको जिरी नगरपालिका वडा नं २ घर भएका हाल मन्थली नगरपालिका वडा नं १ बस्दै आएका २५ वर्षीय "आशिष" भनिने टेक बहादुर बिश्वकर्मा रहेका छन् । 

उनले ती बालिकालाई ईच्छा बिपरीत बाध्यतामा पारी बिवाह गर्छु भनि बिभिन्न प्रलोभनमा पारी डराइ धम्काइ करणी गरेका थिए । विश्वकर्मा ती बालिका सुतेको कोठामानै गएका थिए । 
ती बालिकाले इन्कार गर्दा पनि विभिन्न प्रलोभनमा परेको र करणी गरेको बालिकाको परिवारको उजुरीका आधारमा विश्वकर्मालाई पक्राउ गरि अनुसन्धान थालेको रामेछाप प्रहरीका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिएका छन् ।