पुस ४ अघिनै सबै तहको अधिवेशन सक्ने गरी नेविसंघ रामेछापले पौडेललाई बनायो संयोजक

| असोज २९, २०७९ शनिबार

बिमल पौडेल ।
A A A
A A A

२९ असोज, रामेछाप । आन्तरिक विवादमा कोचिलिएको नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापले निर्वाचन सम्पन्न भएको एक महिनापछि जिल्ला अधिवेशन गर्ने भएको छ । 

 

शनिवार आज जिल्ला सदरमुकाम मन्थलीमा भएको एक समूहको भेलाले सङ्गठनका उपाध्यक्ष विमल पौडेलको संयोजकत्वमा निर्वाचन सम्पन्न भएको एक महिनाभित्र पालिका, क्षेत्र र जिल्ला अधिवेशन गर्ने निर्णय गरेको उपाध्यक्ष विमल पौडेलले जानकारी दिए । 

 

मंसिर ४ गते निर्वाचन हुँदै छ । निर्णय अनुसार पुसको ४ गते सम्म नेविसंघ रामेछापले जिल्लामा अधिवेशन सक्नु पर्ने छ । ।

 

 

नेविसंघ रामेछापमा जिल्ला चयन सङ्गठनभित्र छलफल बिना बनाइएको भन्दै दुई समूह बनेका छन् । रामेछापमा ११ वर्षदेखि नेविसंघको अधिवेशन हुन सकेको छैन । 

 

पछिल्लो पटक केन्द्रीय अध्यक्षबाट सिधै जिल्ला अध्यक्षको जिम्मेवारी पाएका बिनोद् बुढाथोकीलाई भने संघको विधान २०२७ को छैटौँ संशोधन २०७५ बमोजिम ३ महिना भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्देशन दिएको थियो ।