कान्छारामले भने–‘अर्को चुनाव सम्म एमाले खोज्नु पर्छ, भोट माग्न जाँदा गठबन्धनका नेता, कार्यकर्ता डिस्कस् नगर्नुहोस्’ (भिडिओसहित)
२९ असोज, रामेछाप । नेपाली कांग्रेस रामेछापका पार्टी सभापति एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ले जिल्लाको सन्तुलित विकासको लागि गठबन्धनको उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।
जिल्लामा पुल, सडक,जल बिद्युत्, कृषि र समग्र जिल्लाका सडकहरूको स्तर उन्नति, कालोपत्रे गर्न गठबन्धनको टिमलाई जिताउन लाग्न कांग्रेस र माओवादी केन्द्रका नेता कार्यकर्तालाई एक मुस्टमा आग्रह उनको छ । सभापति तामाङले ‘भोट माग्न जाँदा कांग्रेस र माओवादी केन्द्रका नेता कार्यकर्ताले डिस्केस् नगरिनुहोस् भने ।’
शनिवार काठमाडौँमा गठबन्धन दलमा आबद्ध कांग्रेस र माओवादी केन्द्रले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति तामाङले यस्तो बताएका हुन् । उनले नामै लिएर दोरम्बा शैलुङ्, सुनापति, खाँडादेवी, उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाभित्रका विभिन्न सडकहरूको स्तर उन्नति, कालोपत्रे गर्नको लागि व्यक्तिगत तथा सम्बन्धित निकायको बजेट सुनिश्चित गरेको छु भनेका सभापति तामाङले यसलाई थप मजबुत पार्न गठबन्धनको टिमलाई जिताउन उनले अपिल गरे ।
विगतका वर्षमा चुनावमा पराजित भएपनि जनता सामु गरेका बाचा पूरा गरेको स्मरण गरेका सभापति तामाङले गठबन्धनबाटै माओवादी केन्द्रका प्रदेश सभा ‘ख’ का उम्मेदवार युवराज चौलागाईले उठाएको जलविद्यु निर्माण, संचालन, निर्यातको विषयलाई समर्थन गरे ।
निर्वाचन टिकट्को विषयमा बोल्दै सभापति तामाङले काँग्रेसले टिकट दिएत पनि स्वयम माओवादी केन्द्रकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हस्ताक्षपमा मैले टिकट पाएको हुँ भने ।
चुनावको लागि कांग्रेस र माओवादी एकभएर चुनावमा लागि सकेको जिकिर गर्दै गठबन्धनलाई जिताए विकासको बाटोमा अगाडी बढाउने आश्वासन दिए ।
टोल-टोल, गाउँ–गाउँ सडक विस्तारको लागि म, सहयोग गर्छु, तपाईँहरू काम गर्नुहोस् जेसीबी म, दिन्छु लानूस्, यो निर्वाचनको अवस्था हेर्दा अर्को निर्वाचन सम्म आइपुग्दा नेकपा एमाले खोज्नु पर्ने अवस्थामा पुग्छ भने ।
भिडिओ केही बेरमा ।