१०३ वर्षीय शताब्दी पुरूष सत्यमोहन जोशीको निधन

| असोज ३०, २०७९ आइतबार

फाइल फोटो
A A A
A A A

३० असोज, रामेछाप । शताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको गिरिस गिरिले जानकारी दिएका छन् । 

 

उनले ट्वीट्मा लेखेका छन् ‘सत्यमोहन सर रहनुभएन। अहिले विहान ७ बजेर ९ मिनेटमा हामीबाट विदा हुनुभयो ।’ 

 

सत्यमोहन सर रहनुभएन। अहिले विहान ७ बजेर ९ मिनेटमा हामीबाट विदा हुनुभयो

— Girish Giri (@Birgunj) October 16, 2022

१०३ वर्षीय जोशी २४ दिन अघि स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए । वाङ्गमय शताब्दी पुरूष सत्यमोहन जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो। 

 


गत असोज ७ गते किष्ट अस्पतालमा भर्ना भएका शताब्दी पुरुष जोशीलाई पिसाब संक्रमण, पुरानो छाती तथा मुटुको समस्या साथै डेंगी पनि देखिएको अस्पतालले जनाएको छ।