एमाले निकट अनेरास्ववियुले सांगाठानिक रुपमा देउशी खेल्ने : ‘चन्दा उठाउने नयाँ विधि’

| असोज ३१, २०७९ सोमबार

A A A
A A A

३१ असोज, रामेछाप । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन (अनेरास्ववियु) मन्थली नगर कमिटीले नजिकिएको तिहारसंगै देउसी÷भैलो सांगाठानिक रुपमा खेल्ने निर्णय गरेको छ । सङ्गठनको निर्णय चन्दा माग्ने भएको भन्दै आलोचना सुरु भएको छ । 

 

 

आज सोमबार मन्थली नगर कमिटीको कार्यालयमा बसेको अनेरास्ववियुको बैठकले तिहारमा संस्कृतिलाई जोगाउने भन्दै सांगाठानिक रूपमै देउसी खेल्ने निर्णय गरेको सङ्गठनका सचिव उत्सव केसीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनले भने ‘हिन्दू धर्मावलम्बीहरूको दोस्रो माहान चाड् तिहारमा संस्कृति जगेर्ना’ गरौँ भन्ने मूल नाराका साथ देउसी भैलो खेल्ने निर्णय गरेको छ ।’

 

अनेरास्वियुले सांगाठानिक रुपमा देउसी खेल्ने निर्णय गरेको सुनेको भन्दै मन्थलीका एक व्यवसायीले भने निर्वाचनमा चन्दा माग्ने नयाँ तरिका भएको टिप्पणी गरेका छन् । नाम नखुलाउने सर्तमा उनले भने ‘पहिले पहिले चुनाव आएपछि सिधै चन्दा माग्थे, यो पटक देउसी खेलेर माग्न लागेको देखियो । यो सोःत एमालेलाई चुनावमा चन्दा उठाउने उपाए हो ।’

 

 

एमाले मन्थली नगरपालिकाका सचिव एवं अनेरास्ववियु जिल्ला इन्चार्ज सागरहरि अधिकारी, अनेरास्ववियु मन्थली नगर काठमाडौँ सम्पर्क मञ्चका सचिव रिसव अधिकारी सहित बसेको बैठकले देउसी खेल्ने समिति गठन गर्दै कार्यक्रमको तयारी, व्यवस्थापनको लागि मलिना सुवेदीलाई जिम्मेवारी समेत प्रदान गरेका छन् ।