सुनारपानीमा गठबन्धन प्रति माओवादीका कार्यकर्ता रुष्ट, अध्यक्षनै एमाले प्रवेश

| कात्तिक १, २०७९ मंगलबार

पार्टी प्रवेश तथा स्वागत गर्दै ।
A A A
A A A

१ कात्तिक, रामेछाप । गठबन्धनको गरेर चुनावमा होमिएको माओवादी केन्द्रलाई निर्वाचन नजिकिँदै जाँदा पार्टीका जिम्मेवार नेताहरूले पार्टी छाड्न थालेपछि माओवादीलाई अप्ठ्यारो पर्न थालेको छ । 

 

संविधानको रक्षा गर्दै प्रतिगमनलाई परास्त पार्न गठबन्धन गरेर निर्वाचनमा जुटेको माओवादी केन्द्रका नेताहरूले गठबन्धनकै कारण टिकट पाउन नसकेको झोकमा धमाधम एमाले सहितका दल प्रवेश गर्ने माओवादीबाट बाहिरिने गर्न थालेका हुन् । 

 

आज मंगलबार मात्रै नेकपा एमाले रामेछापले मन्थली नगरपालिका वडा नं ५ सुनारपानीबाट सुरु गरेको चुनावी सभा कार्यक्रममा माओवादी केन्द्रका वडा पार्टी अध्यक्ष पहलमान कार्की पार्टी परित्याग गर्दै एमाले प्रवेश गरेका छन् । 

 

कार्कीसँगै शिवकुमार श्रेष्ठसहित नेपाली काँग्रेस, परित्याग गरी ४७ जना एमाले प्रवेश गरेको एमालेका नेता सुवाश बोहोराले जानकारी दिए । 

 

उनीहरूलाई एमालेका प्रदेश सभा सदस्यका उम्मेदवार शान्तिप्रसाद पौडेलसहितका नेताले स्वागत गरेका छन् । केही दिन अगाडि दोरम्बा शैलुङ् गाउँपालिकामा एमालेले गरेको चुनावी सभामा पनि विभिन्न पार्टी परित्याग गर्दै एमाले  प्रवेश गरेका थिए । 

 

एमाले, गठबन्धन दलले रामेछापको प्रदेशसभा ‘क’ र ‘ख’ ले केही यता चुनावी प्रचार गर्दै आएका छन् । दलहरुले गरेको चुनावी प्रचार कार्यक्रममा भने निर्वाचन आचारसंहिताको पालना भएको देखिदैन् । 

 

नोटः यसहगाडि एकिकृत समाजवादीका नेता पनि एमाले प्रवेश गरेको नगरेको हुनु पर्नेमा अन्यथा भएकोमा सच्चयाइएको छ ।