सुनापति गाउँपालिकामा सार्वजनिक स्थलमा मध्यपान र धुम्रपान निषेध, अटेर गरे पक्राउ गर्ने

| कात्तिक २, २०७९ बुधबार

साङ्केतिक तस्बिर ।
A A A
A A A

 २ कात्तिक, रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले सार्वजनिक स्थलमा मध्यपान तथा धुम्रपान निषेधित गरेकाे छ । 

 

 

बुधबार एक विज्ञप्ति जारी गर्दै पालिकाभित्र सार्वजनिक स्थलमा धुम्रपान गर्न राेक लगाउने जानकारी दिएको हाे ।  पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीले हस्ताक्षर गरिकाे विज्ञप्तिमा पालिकाभित्र सार्वजनिक स्थलमा मध्यपान तथा धुम्रपान गर्न निषेधित गरिए उल्लेख गरिएको छ । 

 


निषेधित क्षेत्रमा अटेर गरि धुम्रपान गरेकाे पाइएका सम्बन्धित क्षेत्रका प्रहरीलाई नियन्त्रणमा लिन समेत निर्देशन दिइएकाे छ ।   

 

सूचना हेर्नुहोस्।