‘कान्छाराम’ले दुरागाउँ पुगेर भने–‘चुनाव जिते पनि हारे पनि एउटा एम्बुलेन्स दिन्छु, तलब–भत्ता सबै जनसेवामा खर्च गर्छु’

| कात्तिक २, २०७९ बुधबार

A A A
A A A

२ कात्तिक,  रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापति एवं प्रतिनिधि सभाका उम्मेद्वार पूर्णबहादुर तामाङ् ‘कान्छाराम’ले सांसद् भए त्यसबाट आउने सबै पैसा जनताको सेवामा खर्च गर्ने दोहोर्याएका छन् । आफूले चुनाव जितेमा जनताको सेवामा समर्पित हुने उनको भनाई छ ।


बुधबार लिखु तामाकोशी गाउँपालिकाको वडा नं १ दुरागाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनका साझा उम्मेद्वार तामाङ्ले यस्तो बताएका हुन् । उनले सोही कुरा मंगलबार सैपुमा आयोजित चुनावी सभामा पनि बताएका थिए । 


सभापति तामाङले दुरागाउँका स्थानीयहरुलाई सम्बोधन गर्दे भने ‘यहाँ मैले पहिले पनि एउटा एम्बुलेन्स दिएको थिए । तर, राम्रो÷व्यवस्थित तरिकाले संचालन गर्न सकेनन् । अब म, चुनाव जितेपनि नजिते पनि यो वडामा एउटा एम्बुलेन्स दिने प्रतिबद्धता गर्छु । दिन्छु भने ।’ 

 

यो चुनाव आफ्नो सांसद्को लागि अन्तिम चुनाव भएको सुनाउँदै यो पटक जिताएर काम गर्ने अवसर दिन अपिल गरे । 


त्यस्तै समाजसेवी छबी बनाएका सभापति तामाङ्ले सोही वडामा रहेको सुनुवारहरुको धार्मिक स्थल ‘चन्दिथान’  को व्यवस्थापन तथा प्रवर्द्धनको लागि सम्पूर्ण जिम्मेवारी लिने बचन दिए । 

 

उनले गठबन्धनबाट प्रदेश ‘क’ का उम्मेद्वार तारानारायण श्रेष्ठलाई पनि जिताउन आग्रह गरे । गठबन्धनका उम्मेद्वार तामाङ्ले श्रेष्ठलाई जिताए प्रदेशबाट पर्ने बजेटलाई बढाएर जिल्लाको विकास गर्ने अवसर दिन आग्रह गरे । 

 

उनले भने ‘हामी दुबैलाई समान भोट दिनूहोस् । त्यसको बदलामा हामी पुरस्कार लिएर तपाईको घरमा आउनेछौं । त्यो पुरस्कार भनेको विकास हो ।’ 


उनले थपे सांसद् भएपछि पाउने सबै तलबभत्ता म, गुम्बा, माने, जिल्लाको विकाको लागि खर्च गर्छु । मलाई सरकारको तलब आवश्यक छैन् । म, यहाँको विकासको लागि उम्मेद्वर बनेको हो ।