रामेछाप नगरपालिकाले लियो पत्रकारको सुझाव : नगरभित्रका उद्योगले उत्पादन गर्ने वस्तुलाई गुणस्तरीय बनाउनु पर्ने पौडेल जोड्

| कात्तिक २, २०७९ बुधबार

A A A
A A A

२ कत्तिक, रामेछाप । रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले जिल्लामा सक्रिय पत्रकारसँग परिचय तथा अन्तरक्रिया गरेका छन् । उनले यहाँ बसेर काम गर्दा यी कामलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सुझाव समेत लिएका छन् । 

 

बुधवार पत्रकार भेटघाट तथा परिचय गर्दै गत असोज १२ गते देखि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएका पौडेलले जनअपेक्षा अनुसार काम गर्ने चाहाना रहेको बताएका हुन् । उनले स्थानीय स्रोत र साधनको उच्चतम प्रयोग गर्दै काम गर्ने बचन व्यक्त गरे । 

 

२२ औँ वर्ष भन्दा लामो विभिन्न मन्त्रालय, स्थानीय तहमा काम गरेको अनुभव रहेको सुनाएका पौडेलले यहाँ पनि प्रभावकारी काम गर्ने योजना सुनाए । उनले सबैसँग समन्वय र सहकार्यमा काम गर्ने भन्दै नगरको आय स्रोत बढाउन आवश्यक रहेको जानकारी दिए । 

 

पछिल्लो समय संचारको भूमिका निकै महत्पूर्ण र प्रभावकारी हुन थापेको तर्क गर्दै मिडियाले पनि सहयोग र गलत गर्नबाट आफूहरूलाई खबरदारी गर्नु पर्ने अपेक्षा व्यक्त गरे । उनले नगरभित्रका शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, यातायात, सडक, विकास निर्माणमा काम गर्ने बताउँदै व्यापार व्यवसायलाई वृद्धि गर्दै करको दायरामा ल्याउनु पर्नेमा जोड् दिए । 

 

त्यस्तै सञ्चालनमा रहेका साना तथा घरेलु उद्योगहरूको गुणस्तरीयतालाई वृद्धि गरी निर्यात मुखी उत्पादन गर्नु पर्ने बताए । कार्यक्रममा उपस्थित पत्रकारहरूले ठुला र आश्वासन बाँड्ने भन्दा पनि आम नागरिकहरूले अनुभूति गर्ने गरी काम गर्न सुझाव दिए । 

 

के-के भने पौडेलले भिडिओ हेर्नुहोस् ।