रामेछापमा २८ लाख घुससहित रंगेहात पक्राउ परेका सत्यालको घरबाट थप साँढे ९ लाख बरामद

| कात्तिक २, २०७९ बुधबार

फाइल फोटो
A A A
A A A

२ कात्तिक, रामेछाप । रामेछापको खानेपानी कार्यालयबाट २८ लाख रुपैयाँ घुस सहित पक्राउ परेका इञ्जिनियर र प्लम्बरको साथबाट थप साढे ९ लाख रुपैयाँ बरामद भएको छ । 

 


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस सहित पक्राउ परेका दुवै जनाको खानतलासी गर्दा थप साँढे ९ लाख रुपैयाँ फेला पारेको आयोगले जनाएको छ । 

 


घटना बारे अनुसन्धान चलिरहेको छ । उहाँहरको खानतलासी गर्दा थप ९ लाख सत्यालको सरकारी निवासबाट बरामत भएको छ । पूर्ण जानकारी त्यसपछि आउला अख्तियार स्रोतले भन्यो । 


 
बुधबार दिउँसो मन्थली स्थित खानेपानी तथा सरसफाइ डिभिजन–४ का इञ्जिनियर नवराज सत्याल र करारमा कार्यरत प्लम्बर बखतबहादुर थापा १६ लाख नगद र १२ लाख रुपैयाँको चेकसहित अख्तियारको नियन्त्रणमा परेका थिए । 


उनीहरुमाथि थप अनुसन्धान भैरहेको जनाइएको छ ।