लिखुतामाकाेशीकाे सैपुमा चट्याङ लागेर भैँसी र बाख्रा मरे

| बैशाख २१, २०७८ मंगलबार

सामाजिक संजालबाट प्राप्त
A A A
A A A

२१ वैशाख, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकामा गएराति वर्षासंगै परेको चट्याङमा परि भैसी र बाख्रा मरेका छन् । 

गाउँपालिकाकाे वडा नम्बर -२,सैपुका याम बहादुर सुनुवारको दुईवटा बाख्रा  र भैंसी चट्याङले लागेर मरेकाे वडा अध्यक्ष पदम तामाङले रामेछाप टाइम्सलाई जानकारी दिए । 


वर्षासंगै परेकाे चट्याङले सुनुवारका गोठमा समेत क्षेति पुर्याउनुकाे साथै बिजुली बत्तीकाे उपकरणमा पनि क्षेति पुर्याएकाे छ ।


केही दिनदेखि देशैभरिकाे माैसममा बदलीकाे अवस्था छ ।

वर्षासंगै परेकाे चट्याङ, असिना र हावाहुरी जिल्लाका विभिन्न ठाउँमा क्षेति गरेकाे छ ।                                  

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार