रामेछापमा देउशी, भैलो राति ८ बजेसम्म मात्रै खल्ने पाइने, मुख्य नाकामा चेक-जाँचमा कडाई

| कात्तिक ६, २०७९ आइतबार

फाइल फोटो
A A A
A A A

६ कात्तिक, रामेछाप । रामेछापमा देउशी, भैलो बिहार ६ ः ०० बजेदेखि बेलुकी ८ ः ०० बजे सम्म मात्र खेल्न पाइने भएको छ । 

 

जिल्ला सुरक्षा समितिको बिहिवार बसेको बैठकले शान्ती, सुरक्षालाई ध्यानमा राख्दै बेलुकी ८ ः ०० बजे पश्स्चात मदिरा तथा मदिरा जन्य पदार्थ खरिद्, बिक्रीमा समेत रोक लगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 


प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति रामेछापको बैठकमा गृह मन्त्रालयको परिपत्र अनुसार दिपावली, नेपाल सम्वत र छठ पर्वको समयमा हुन सक्ने अवाञ्छित गतिविधिहरुलाई चाडपर्व लक्षित सुरक्षा कार्ययोजना अनुसार नेपाल प्रहरी र शसस्त्र प्रहरी बल नेपालबाट समन्वयात्मक रुपमा गस्ती पट्रोलिङ गर्ने पनि निर्णय गरेको रामेछाप प्रहरीका सूचना अधिकारी राजुप्रसाद् ढकालले जानकारी दिए । 

 


साथै, उनका अनुसार बैठकले पटका, भुईचम्पा, आतसबाजी जस्ता प्रज्वलनशिल तथा विष्फोटक बस्तुहरुको उत्पादन, ओसारपसार बिक्री वितरण तथा प्रयोगमा रोक लगाउने, जुवातास खेल्ने वा खेलाउने लगायत कानुनले निशेध गरेका कुनै पनि प्रकारका कार्य गरे÷गराएमा नियन्त्रणमा लिई कार्बाही गर्ने साथै बजार अनुगमन, अखाध्य बस्तुको उत्पादन, बिक्री वितरणमा नियन्त्रण, बिष्टफोर्टक पदार्थको आयत गरिने नाका र बिक्री÷बितरण गरिने स्थानहरुमा निगरानी बढाई आवश्वयक  सुरक्षा व्यवस्था मिलाउने निर्णय गरेको हो । 
 

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार