आफै चढेर आएको बसले पछाडिबाट किच्दा फुलासी पोखरीमा एक महिलाको ज्यान गयो

| कात्तिक ८, २०७९ मंगलबार

सांकेतिक तस्विर ।
A A A
A A A

८ कात्तिक, रामेछाप । रामेछापको फुलासी पोखरीमा आफै चढेको बसले किच्दा एक महिलाको घटना स्थलमै ज्यान गएको छ ।

 

हिजो सोमबार दिउँसो ४ ः २० बजेको समयमा सोही बसमा चढेर आएर ओर्लिएकी मन्थली नगरपालिका वडा नं १४ फुलासी बस्ने चन्द्रकुमारी परियारलाई बसले पछाडिबाट (ब्याक जाँदा) ठक्कर दिएर किच्दा उनको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

 

अन्दाजी ४५÷५० वर्षीय परियारलाई बसबाट झरेर बसिरहेको बेला मन्थलीबाट–देउराली तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २२९५ नम्बरको बसले किचेको त्यहाँको प्रहरीलाई उदृत गर्दै रामेछाप प्रहरीका सूचना अधिकारी राजु प्रसाद ढकालले जानकारी दिए । 

 

 

‘पछाडि पट्टीको चक्कामा ठोक्किन जाँदा निजको घट्न स्थलमानमै मृत्यु भएको प्रहरी चौकी फुलासीलाई जनाउदै रामेछाप प्रहरीले भनेको छ ।’