राष्ट्रपति भण्डारीद्वरा सात अध्यादेश जारी (विज्ञप्तिसहित)

| बैशाख २१, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

२१ वैशाख, रामेछाप । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार ७ वटा अध्यादेश जारी गरेकी छन् ।

 

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८,  फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी) पहिलो संशोधन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८,नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश  २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, जारी गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख  छ । 

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति हेर्नुहोस्


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार