नामाडीमा आगो लाग्दा एक घर जलेर पूर्ण रूपमा नष्ट

| कात्तिक १६, २०७९ बुधबार

A A A
A A A

१६ कात्तिक, रामेछाप । नामाडीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । 

 

 

जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं ५ साबिकको वडा नं ९ पासावारमा हिजो मङ्गलवार करिब बिहानको ११ बजेको समयमा आगोलागेको स्थानीयले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

 

आगोलागिबाट स्थानीय सिताराम तामाङको घर पूर्ण रूपमा जलेर खरानी भएको छ । घरमा कोही पनि नभएको बेलामा आगो लागेको बताइएको छ । तर, के कारणले लागेको खुलेको छैन । ६ जनाको परिवार बस्दै आएको तामाङको घर जलेसँगै परिवारको बिचल्ली भएको छ । 

 

 

आगोलागिको घटनाबारे थप अनुसन्धान भइरहेको त्यहाँ स्थित प्रहरीले जनाएको छ । 

 

सुख्खा याम लागेसँगै जिल्लामा आगोलागिका घट्ना बढ्न थालेका छन् । केही दिन अगाडि पनि जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तीभण्डारमा आगो लाग्दा एक घर जलेर नष्ट भएको थियो ।