नेकपा (माले) रामेछापले सार्वजनिक गर्यो यस्तो घोषणापत्र (पूर्णपाठ)

| कात्तिक १६, २०७९ बुधबार

A A A
A A A

१६ कात्तिक, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (माले) रामेछापले घोषणापत्र सार्वजनिक गरेको छ । पत्रकारीता क्षेत्रमा आबद्ध एवं प्रतिनिधिसभाका उम्मेद्वार मोहन कार्कीको पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । 

 


हंसिया र तारा चुनाव चिन्ह् लिएर निर्वाचनमा होमिएका कार्की सहितको टिमले ३१ बुँदे प्रतिबद्धता पत्र जारी गरेको हो । क्रान्ति बिना मुलुकमा परिवर्तन सम्भवन नभएको बताउदने सो पार्टीले बलियो इतिहास, काठमाडौं राजधानीबाट नजिकै रहेर पनि साक्षरता, चेतना, विकास, शिक्षा, स्वास्थ्यमा पछाडि परेको स्पष्ट पारेको छ ।

 

मालेले जारी गरेको घोषणा पत्रमा विश्वको सर्वोच्च शिखर सगरमाथा पर्यटकीय क्षेत्रभित्र पर्ने रामेछाप जिल्लाले यसको उपयोग गर्न नसकेको, जट्टपोखरी, पाँचपोखरी, भाले पोखरी, थोपुङ्ग गुम्बा, लिखुको सिरानमा रहेको उमाकुण्ड, दोरम्बामा लाग्ने शैलुङ्गेश्वरी १२ वर्षे मेला, सैलुङ पर्यटकीय क्षेत्र, सानो सैलुङमा रहेको गुफा, खाँडादेवी मन्दिर, तारा खस्यो पोखरी, बेथानमा रहेको सुनापति मन्दिर, प्रितीमा रहेको चण्डेश्वरी महादेव, यसै मन्दिरमा लाग्ने चण्डी पूजा देव देवलयहरुमा भक्तजनहरुको ठूलो आस्थाका साथै यस्ता मेला पर्वले पर्यटकीय विकासको प्रचुर सम्भावना रहे पनि यसको फाइदा लिन नसेकेको उल्लेख गरेका छन् । 

 


सहिद गंगालाल, नेपालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने पुष्पलालको जिल्ला भएर पनि यसको विकास हुन नसक्नु दुखद् भएको उनीहरुले भनेका छन् । त्यस्तै चर्चित समाजसेवी, साहित्यकार जगदिश घिमिरेलगायत मूर्धन्य साहित्यका स्रष्टा जन्मिएको पनि उनीहरुले उल्लेख गरेका छन् । 

 


जारी घोषणापत्रमा नेपाल विद्युत प्राधिरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ, स्वास्थ्य क्षेत्रको सुधारको लागि अभियन्ता डा। गोविन्द केसी जस्ता धेरै महान व्यक्तिहरु जन्माएको जिल्लाले उज्यालो मुहार फेर्न नपाएको उल्लेख छ ।

 

 त्यसको मुख्य कारण रामेछापबाट जनताले अमूल्य मत दिएर पठाइएका नेताहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले कुनैले पनि स्थानीयदेखि केन्द्रसम्म, केन्द्रदेखि स्थानीयसम्म रामेछापको भूगोल अनुसारको विकास गर्न नसकेको दाबी गरिएको छ । 

 


यी पार्टीहरुले फेरी पनि यस्तै झुटो आश्वसन बाँडेकाल यस्ता झुट्बाट अब मुक्त हुनु पर्ने मालेको दाबी छ । कार्कीले चुनावी घोषणापत्र अहिले ४ बजे सदरमुकाम मन्थलीमा पत्रकार भेटघाट् गरेर घोषणापत्र सार्वजनिक गर्ने रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

यस्तो छ घोषणापत्र हेर्नुहोस्