गत वर्षको भन्दा ३ सयले घट्यो मन्थली नगरपालिकामा टुक्रे योजना, यसो भन्छन् –शाखा प्रमुख सुवेदी (भिडिओ)
१७ कात्तिक, रामेछाप । मन्थली नगरपालिकामा गत वर्षको भन्दा यो वर्ष योजना टुक्रे योजना झण्डै तीन सयको हाराहारीमा कमी आउने भएको छ । अर्थात् कम परेको छ ।
गत चालु आर्थिक वर्ष २०७७÷७८ मा साना ठूला गरेर कूल ९ सय भन्दा बढी टुक्रे योजनाहरू परेकामा यो आर्थिक वर्षमा भने त्यो सङ्ख्या घटेर ६ सयको हाराहारीमा झरेको नगरपालिकाका वरिष्ठ शाखा अधिकृत एवं आर्थिक विकास शाखा प्रमुख दीपक सुवेदीले जानकारी दिए । उनका अनुसार नगरमा आएका नयाँ नेतृत्वले वडाले २ लाख भन्दा तलका योजना स्वीकृत नगर्ने नीति लिएसँगै साना योजना घटेका हुन् । यसरी साना प्रकृतिका योजना घटेसँगै कर्मचारीलाई पनि काम गर्न सहजता हुने र देखिने प्रकारकार काम हुने सुवेदी बताउँछन् ।
मुख्य चाडपर्व सकिएसँगै नगरपालिका अब आफ्ना गतिविधि तीव्र गतिमा अगाडी बढाउने योजनामा छ । तर, निर्वाचनले जनप्रतिनिधिलाई केही असर पार्दा यो पटक पनि नगरले अगाडि सारेको असारे विकास नतोडिनेमा सुवेदीले आशङ्का व्यक्त गरे । ‘काम हुन्छ तर, चैत्रमै योजना सम्पन्न गर्न भने समस्या हुन सक्छ । यद्दयपी ज्येष्ठ मसान्तसम्म भने सक्छौँ उनले भने ।’
रामेछाप टाइम्ससंगको नगरको तत्कालीन र आगामी दिनमा कसरी अगाडि बढ्दै छ भन्ने विषयक कुराकानीमा बोल्दै नयाँ फाँटमा सरुवा भएका सुवेदीले जनप्रतिनिधि र कर्मचारीको तालमेल मिलेमा कामले गति लिने दाबी गरे ।
आन्तरिक तथा प्रशासनिक काममै केन्द्रित मन्थली नगरपालिका अबको दिनमा विकास निर्माण, ठूला आयोजनाहरूको काम, वडा कार्यालय निर्माण, सडकका कामहरू, तत्काल अगाडि बढाउने गरी काम गरी रहेको उनले जनाकारी दिए । १४ वटा वडा रहेको मन्थली नगरपालिकामा हाल सबै वडामा कर्मचारी अभाव नरहेको स्पष्ट पारे ।
बाँकि भिडिओमा हेर्नुहोस् सुवेदीले के के भने ।