दुर्घटनामा वडा अध्यक्षको ज्यान गएपछि तरुण दलको पालिका र जिल्ला समितिद्वार दुःख व्यक्त

| कात्तिक १९, २०७९ शनिबार

A A A
A A A

१९ कात्तिक, रामेछाप । ट्रयाक्टर दुर्घटनामा परि आफ्ना वडा अध्यक्षको ज्यान गएपछि नेपाल तरुण दल रामेछापले दुःख व्यक्त गरेको छ । 

 


जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ५ प्रितीमा ट्याक्टर दुर्घटनामा परि आज बिहान सोही ठाउँका वडा तरुण दलका वडा अध्यक्ष समेत रहेका सुनुवारको ज्यान गएको थियो । 

 

सुनुवारको ज्यान गएपछि संगठनको गाउँपालिका समितिका सचिव उपेन्द्र कार्की र जिल्ला अध्यक्ष काजीबहादुर खड्का (दिनेश) ले शोक पत्र जारी गर्दै दुःख ब्यक्त गरेका हुन् । 

 


मेला गएर फर्किदै गरेको लु ३ त २४९९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकको ज्यान गएको थियो । भने अर्का दुई जना घाइते भएका छन् । एकको अवस्था गम्भीर रहेको छ ।