दुर्घटनामा ज्यान गुमाएका सुनुवारलाई काँग्रेसको झण्डा ओढाएर गरियो अन्तिम दाहसंस्कार

| कात्तिक २१, २०७९ सोमबार

A A A
A A A

२१ कात्तिक, रामेछाप । गत शनिवार ट्याक्टर दुर्घटनामा परी ज्यान गुमाएका तरुण दलका वडा अध्यक्ष प्रेमबहादुर सुनुवारलाई पार्टी र सङ्गठनको झण्डा ओडार सम्मानसहित अन्तिम दाहसंस्कार गरिएको छ । 

 

आइतबार मन्थली अस्पतालमा पोस्ट माटम् गरी मन्थली आरेघाटमा नेपाली काँग्रेस रामेछापका प्रवक्ता नारायणबहादुर बोगटीले पार्टीको झण्डा ओढाएर सम्मान सहित अन्तिम दाहसंस्कार गरिएको प्रवक्ता बोगटीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

त्यस्तै आफ्ना वडा सभापतिको निधन भएपछि दुःख व्यक्त गर्दै तरुण दल रामेछापले पनि झण्डा ओढाएर सम्मान व्यक्त गरेको छ । 

 

 

 

गत शनिवार जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ५ प्रितीमा ट्याक्टर दुर्घटनामा परि सुनुवारको घटना स्थलमै ज्यान गएको थियो । 

 

लिखु नदीमा लागेको बेनी मेला गएर फर्किँदै गरेको लु ३ त २४९९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा उनको ज्यान गएको थियो । भने अर्का दुई जना घाइते भएका छन् ।