रामेछापका लक्ष्मण सेन्चुरीले यसरी राखे `गिनिजबुक´ मा नाम (भिडिओसहित)

| कात्तिक २१, २०७९ सोमबार

A A A
A A A

२१ कत्तिक, रामेछाप । रामेछापकाे मन्थली नगरपालिका स्थित मन्थली एक युवाले वाल्ड रेकर्ड अर्थात  `गिनिजबुकमा नाम´ लेखेका छन् । 


घुडाले बल चेपी `ब्याकफिल्प´ १० पटक भन्दा माथी गर्दै उनले साेमबार आज नाम राखेका हुन् । यसरी नाम लेखाउनेमा जिल्ला सदुरमुकाम मन्थलीका लक्ष्मुण सेन्चुरी (बि.क) नेपाली हुन् । उनले यसअघि नाइजेरियाका खेलाडीले साेही विधामा १० पटककाे रेकर्ड ताेड्दै ११ पटक व्याकफिल्प गरेका छन् । यसरी जिल्लाबाटै गिनिजबुकमा नाम लेख्ने उनी पहिलो भएको दाबी गरिएकाे छ । 

 

करिब १२ वर्षदेखिकाे मेहनत र इच्छाशक्तिले आज गिनिज बुकमा नाम लेखाउन सफल भएको सेन्चुरीले बताए ।  उनी विभिन्न फिल्म मा स्टन् गर्ने, म्युजिक भिडियो डान्सर सहित शारीरिक कसर सम्बन्धि क्षेत्रमा सक्रिय छन् ।


जिल्ला समन्वय समितिकाे प्रांगणमा उनले रेकर्ड राखेका हुन् । आजकाे याे प्रक्रियाले गिनिजबुकमा नाम लेख्नलाई प्रक्रिया अगाडि बढेको जनाइएको छ । केही अगाडि देखिनै काम अगाडि बढेकाे जानकारी दिदै सेन्चुरीले माथिकाे नीति र विधिमा रहेर प्रकृया थप अगाडि बढेको उनले जानकारी दिए ।