रामेछापमा आजदेखि मदिरा जन्य पदार्थ बिक्री वितरणमा रोक (विज्ञप्तिसहित)

| कात्तिक २३, २०७९ बुधबार

सांकेतिक तस्विर ।
A A A
A A A

२३ कात्तिक, रामेछाप । रामेछापमा आसन्न निर्वाचनलाई लक्षित गर्दै मदिरा जन्य पदार्थ जाँड, रक्सी लगायत बिक्री वितरणमा रोक लगाइएको छ ।

 

 

जिल्ला प्रशासन कार्यालय रामेछापले मंगलबार हिजो एक सूचना जारी गर्दै मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सुसम्पन्न गर्ने उद्देश्यले आचारसंहितालाई पूर्ण पालना गर्नको लागि जिल्ला भर निर्वाचनको अवधिभर मदिरा बिक्री वितरणमा रोक लगाइएको जनाएको छ । 

 

निषेधित गरिएको बेला मदिरा जन्य पदार्थ बिक्री वितरण गरिएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा भनिएको छ । 

 

विज्ञप्ति हेर्नुहोस् ।