रामेछाप बजार बिहान ६ देखि ११ बजेसम्म मात्रै खुल्ने, (सूचनाससहित)

| बैशाख २१, २०७८ मंगलबार

फाइल फोटो : रामेछाप बजार
A A A
A A A

२१ वैशाख, रामेछाप । रामेछापको पुरानो सदरमुकाम समेत रहेको, रामेछाप बजार क्षेत्रमा आजराति १२ बजेदेखि निषेधाज्ञा लागू हुने भएको छ । 

 

जिल्ला प्रशासन कार्यालय रामेछापमा मंगलबार बसेको कोरोना नियन्त्रण तथा ब्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले रामेछाप नगरपालिकाको कार्यालय समेत रहेको रामेछाप बजारमा कोरोना भाइसर संक्रमण फैलिएको निष्कर्शसहित आज मध्यराति १२ देखि लागू हुने गरि बजार क्षेत्र बन्द गर्ने निर्णय गरेको प्रशासनले जारी गरेको निर्णयमा उल्लेख छ । 

 

आज रातिदेखि लागू हुने बन्दाबन्दी आउदो २७ गतेराति १२ बजेसम्म लागू हुने छ । 

 


८ बुँदे कोरोना रोकथाम तथा नियन्त्रण गर्न सुझावसहित अत्यावश्य पसलहरु मात्र स्वास्थ्य मापदण्ड पालना गर्दै बिहान ६ बजेदेखि ११ बजेसम्म खोल्न दिने भनेको छ । 

 

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरु न्युनतम कार्मचारीहरुबाट मात्रै संचालन गर्ने भनिएको छ ।

जिल्ला प्रशासन कार्यालय रामेछापले जारी गरेको आदेश तथा सूचना हेर्नुहोस्


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार