एमाले निकट पत्रकार उज्ज्वल कडरिया काँग्रेस प्रवेश

| कात्तिक २५, २०७९ शुक्रबार

तस्बिर बिपिन दाहालबाट ।
A A A
A A A

२५ कात्तिक, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एमाले निकट (अनेरास्ववियु) का नेता उज्ज्वल कडरिया नेपाली काँग्रेस प्रवेश गरेका छन् । उनी पत्रकारितामा समेत आबद्ध छन् ।

 

 

आर आर क्याम्पस (प्राकका पूर्व प्राक) सचिवालय सदस्य, अनेरास्ववियु पूर्व बागमती प्रदेश कमिटी सदस्य कडरिया बिहीबार साँझ काठमाडौंमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप भट्टराई, नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति एवं रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेको हातबाट माला लगाउँदै काँग्रेस प्रवेश गरेको नेपाल तरुण दल रामेछापका सहसचिव जीवन कार्कीले जानकारी दिए । 

 

कडरिया एमालेका विभिन्न तहमा बसेर काम गरेका नेता हुन् । उनी तीन लाल खबर डटकमका संचालक एवं सम्पादक समेत हुन् । 

 

करडियालाई निवर्तमान जिल्ला पार्टी सभापति न्यौपानेसहित तरुण दलका अध्यक्ष एवं गोकुलगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का (दिनेश), तरुण दलका नेताहरूले पार्टीमा स्वागत गरे । 

 

तस्बिरहरु हेर्नुहोस्