यो पटकको निर्वाचनमा राप्रपाले धेरै सिट् जित्छ, रामेछापमा भएका काम ‘विकास हैन’, व्यक्ति र कार्यकर्ता पाल्ने बाटो मात्रै हो - सांसदका उम्मेदवार घिसिङ (भिडिओसहित)

| कात्तिक २५, २०७९ शुक्रबार

A A A
A A A

२५ कात्तिक, रामेछाप । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रामेछापबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार लालबहादुर घिसिङले अहिलेको निर्वाचनमा देशव्यापी रूपमा आफ्ना पार्टीले धेरै सिट जित्ने दाबी गरेका छन् । 

 

उनले भने ‘तत्कालीन माननीय राजेन्द्र लिङ्देलको कुरा सुनेर पनि सांसदमा कार्यान्वयन भएन यो पटक धेरै सिटमा हामी विजयी भएर गएर देशलाई नयाँ मोड्मा लान्छौँ ।’ देशमा भइरहेको चरम भ्रष्टाचारलाई शून्यमा झार्नको लागि राप्रपालाई जिताउनु पर्ने बताउँदै शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारलाई देशव्यापी एक रुपतताको हुनु पर्ने राप्रपाको जोड् छ । ठुला आमसभा, जुलुस गर्ने भनेको जनता मतदाता तर्साउन काम भएको भन्दै यसलाई निरुत्साहन गर्नु पर्ने उनको जिकिर छ ।

 

यो पटक मतदाताको मन फेरीको सुनाउँदै गाउँमा वृद्धवृद्धाहरु मात्रै रहेको उनको सुनाए । आफ्नो पार्टी निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने पार्टी भएको बताउँदै राप्रपा क्षेत्रीय अध्यक्ष घिसिङले ३० वर्ष सम्म कुनै काम हुन नसकेको जिकिर गरे । जिल्लाको विकास व्यक्ति विशेष तर्फ, कार्यकर्ता रुझाउने तर्फ केन्द्रित भएको उनको दाबी छ । 

 

 १६ बुँदे घोषणापत्र जारी गरेको सुनाउँदै उम्मेदवार घिसिङले राप्रपाले हिन्दु राज्य माग भए पनि यसभित्र सबै धर्म मान्न पाउने व्यवस्था आफ्नो पार्टीको विधानले व्यवस्था गरेको सुनाए । राप्रपामा तत्कालीन धर्म निरपेक्षता कमल थापाले मात्रै स्वीकार गरेको उनको स्पष्टोक्ति छ । राप्रपाले रामेछापमा सञ्चालित सडकहरू सडक नभई गोरेटो बाटो जस्तो भएको उनको टिप्पणी छ ।

 

उनले जिल्लामा ५०÷५१ किलोमिटर मात्रै सडक कालोपत्रे रहेको भन्दै सडकहरूको स्तर उन्नति गर्नु उनको जिकिर छ । विद्यालय मर्जमा जानु पर्ने उनको योजना छ ।